जेनजी आन्दोलनमा सरकारी कार्यालय जलाउने एमाले निकट नेतासहित ८ जना समातिए


विराटनगर –  जेनजी आन्दोलनका क्रममा रंगेलीस्थित सरकारी कार्यालयमा आगजनी गरेको आरोपमा एमालेनिकट युवा सङ्घका स्थानीय नेता आनन्द साहसहित आठ जना पक्राउ परेका छन्।

घटनामा संलग्न रहेको आरोपमा पक्राउ पर्ने मध्ये रंगेली नगरपालिका–३ का भुपाल भण्डारी र रुपक गौतम, रंगेली–४ का रमेश कुमार मण्डल, रंगेली–६ का रुपेश यादव, रंगेली–७ का आनन्द साह, कटहरी गाउँपालिका–२ का समीर क्षेत्री र दोर्जे प्रतिक तामाङ तथा जहदा गाउँपालिका–१ का गणपत यादव रहेका छन्।

मोरङ जिल्ला अदालतले ‘आपराधिक उपद्रो’ मुद्दामा पक्राउ पुर्जी जारी गरेपछि फरार रहेका उनीहरूलाई जिल्ला प्रहरी कार्यालय मोरङको विशेष टोलीले मंसिर १५ गते आ–आफ्नो घरमै लुकिछिपी बसेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।

पक्राउ परेकाहरूलाई थप अनुसन्धानका लागि प्रहरीले हिरासतमा राखेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

प्रतिक्रिया