
कांग्रेस महाधिवेशन पुस २७, २८ र २९ गते हुने
काठमाडौं – नेपाली कांग्रेसको महाधिवेशन पुस २७, २८ र २९ गते हुने भएको छ ।
पार्टी केन्द्रीय कार्यालयमा सोमबार बसेको केन्द्रीय कार्य समितिका बैठकले १५ औं महाधिवेशन उक्त मितिमा गर्ने सर्वसम्मत निर्णय गरेको हो ।
कांग्रेसले महाधिवेशनअघि गर्नुपर्ने कामको कार्यतालिका समेत सार्वजनिक गरेको छ ।
केन्द्रीय कार्यसमिति बैठकले वर्तमान कार्यसमितिको समयावधि पनि माघसम्मका लागि थप गरेको छ ।



कागजपत्र |
