इन्फ्लुएन्जा भाइरसबाट बच्न ‘फ्लु भ्याक्सिन’ लगाउन अपिल


काठमाडौं-  नेपाल चिकित्सक संघले चिसो मौसम सुरु भएसँगै ‘इन्फ्लुएन्जा भाइरस’को संक्रमणको जोखिम बढेको भन्दै सर्वसाधारणलाई सतर्क रहन अपिल गरेको छ। संघले सोमबार जारी गरेको अपिलमा विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक र रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरूलाई समयमै ‘फ्लु भ्याक्सिन’ लगाउन सुझाव दिइएको छ।

संघका महासचिव डा. सञ्जिब तिवारीका अनुसार, हाल देशभर चिसो बढ्दै गएपछि मानिसहरूमा श्वासप्रश्वास सम्बन्धी समस्या देखिन थालेका छन् भने विभिन्न स्थानमा इन्फ्लुएन्जा भाइरसको संक्रमण देखिन थालेको छ। डा. तिवारीले भने, “रोग लागेपछि उपचार गर्नु भन्दा रोग लाग्न नदिनु उपयुक्त हुन्छ। त्यसैले रोकथाममूलक कदमहरू अवलम्बन गर्नु आवश्यक छ।”

संघले सरकारले जोखिमयुक्त जनसंख्यालाई खोपको दायरामा ल्याउनुपर्ने र हरेक वर्ष समयमै निःशुल्क ‘फ्लु भ्याक्सिन’ उपलब्ध गराउनुपर्ने माग पनि राखेको छ।

प्रतिक्रिया