कांग्रेसकाे केन्द्रीय समिति बैठक सुरु


काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सानेपास्थित पार्टी मुख्यालयमा सुरु भएको छ। बैठकले पार्टीको १५औँ महाधिवेशनबारे महत्वपूर्ण निर्णय लिने बताइएको छ।

महाधिवेशन २१ फागुनको चुुनावअघि गर्ने कि पछि भन्ने विषयमा नेताहरूबीच मतभेद कायम रहेकाले बैठक निरन्तर लम्बिएको हो। पटक–पटक स्थगित हुँदै आएको बैठक पुसमै महाधिवेशन गर्ने कार्यतालिका तय गर्ने सहमतितर्फ अघि बढेपछि आज पुनः बसेको हो। यद्यपि संस्थापन समूहकै केही नेताहरू भने प्रस्तावित कार्यतालिकामा सहमत हुन सकेका छैनन्।

२८ असोजदेखि जारी बैठकले पुस मसान्तभित्र महाधिवेशन गर्नेगरी कार्यतालिका सार्वजनिक गर्ने तयारी गरेको छ। आइतबार नेताहरूबीच पुस मसान्तमै कार्यतालिका ल्याउने अनौपचारिक बुझाइ बनेपछि आजको बैठक महत्त्वपूर्ण बनेको हो।

प्रतिक्रिया