कांग्रेस केन्द्रीय कार्य समितिको म्याद माघ मसान्तसम्म


काठमाडौं – नेपाली कांग्रेस कार्यसमितिको म्याद आगामी माघ मसान्तसम्म थपिएको छ ।

सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकले को १४ औँ महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिको म्याद माघ मसान्तसम्म थप्ने निर्णय गरेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।

वर्तमान कार्यसमितिको म्याद मंसिर मसान्तसम्म थियो । कांग्रेस केन्द्रीय समितिले बहुमतबाट कार्यसमितिको म्याद एक वर्षसम्म थप्न सक्ने व्यवस्था छ । तर, केन्द्रीय समितिले २ महिना थप गर्ने निर्णय गरेको हो ।

यसअघि बैठकले १५ औं महाधिवेशन पुस २७, २८ र २९ गते गर्ने निर्णय सर्वसम्मतले पारित गरेको थियो ।

प्रतिक्रिया