हायातको क्यासिनो प्राइड लुट्ने दुई जना समातिए


काठमाडौं- बौद्धस्थित हायात होटलभित्र रहेको क्यासिनो प्राइडमा भएको लुटपाटमा संलग्न दुई जनालाई काठमाडौं प्रहरीले पक्राउ गरेको छ। जेनजी आन्दोलनको क्रममा क्यासिनोमा लुटतन्त्र मच्चाएको आरोपमा दावा सेट्टी र रणे भनिने रञ्जित खड्गीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

जाहेरी परेपछि उनीहरूलाई पक्राउ गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाले जानकारी दिए।

गत भदौ २४ गते क्यासिनो प्राइडमा लुटपाट भएको थियो। लुटपाटमा संलग्न अभियुक्तहरूले खुकुरी बोकेर क्यासिनोमा प्रवेश गरेको दृश्यसमेत भिडियोमा कैद भएको एक अनुसन्धान अधिकृतले बताए।

प्रतिक्रिया