
वडाध्यक्षसहित ८ जना जुवाडे पक्राउ
चितवन- चितवनमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित वडाअध्यक्षसहित ८ जना जुवाडे पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीका प्रहरी नायब उपरीक्षक सुवास भट्टका अनुसार शनिबार साँझ कालिका नगरपालिका–६ लालचोकमा जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा रत्ननगर नगरपालिका–१२ का अध्यक्ष सुन्दरमणि सुवेदी, कालिका नगरपालिका–६ का ठाकुरप्रसाद भट्ट, झलक अमगाई, सन्तोष लामा, मोहन दङ्गाल, रामकुमार दङ्गाल, आशबहादुर गुरुङ र शिवबहादुर अमगाईं रहेका छन्।
प्रहरीले उनीहरूको साथबाट रु ७१ हजार २१० नगद र तास बरामद गरेको जनाएको छ। पक्राउ परेकामाथि जुवा ऐनअनुसार अनुसन्धान सुरु गरिएको छ।



कागजपत्र |
