
यी २७ प्रहरीलाई हेडक्वार्टरको निर्देशन, ७ दिनभित्र सम्पर्कमा आउन निर्देशन
काठमाडौं – प्रहरी प्रधान कार्यालयले आफूखुसी कार्यालयमा गैरहाजिर भएका २७ प्रहरीलाई सात दिनभित्र हाजिर हुन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ ।
गैरहाजिर भएकाहरुमा प्रहरी सहायक निरीक्षक १ जना, प्रहरी हबल्दार २ जना, सहायक हबल्दार ३ जना, प्रहरी जवान २० जना र कार्यालय सहयोगी १ जना छन् ।
प्रहरी प्रधान कार्यालयले उनीहरुको नाम, ठेगाना, गैरहाजिर भएको मिति लगायतको विवरणसहित सार्वजनिक सूचना गरी बाटोको म्याद बाहेक सात दिनभित्र हाजिर हुन निर्देशन दिएको हो ।
अन्यथा कानुनबमोजिम कारबाही हुने चेतावनी दिइएको छ ।
सूचीः




कागजपत्र |
