बालिकालाई बलात्कार गरेको आरोपमा होस्टल सञ्चालक पक्राउ


सुर्खेत- सुर्खेतमा एक जना १२ वर्षीया बालिका बलात्कार गरेको आरोपमा होस्टल सञ्चालक पक्राउ परेका छन्।

पञ्चपुरी नगरपालिका–५ को श्री सरस्वती विद्या निकेतन इङ्गलिस बोर्डिङ स्कुल बाबियाचौरको होस्टलमा ती बालिकामाथि बलात्कार गरेको आरोपमा ४० वर्षीय महेन्द्र अर्याल पक्राउ परेका हुन्।

सुर्खेतका प्रहरी प्रमुख एसपी सुधिरराज शाहीका अनुसार अर्याल शिक्षक तथा होस्टल सञ्चालक हुन्।

कक्षा ५ मा अध्यनरत ती बालिकाले आफूमाथि मंसिर ३ गते राति ९ बजेतिर बलात्कार भएको भन्दै किटानी जाहेरी दिएकी थिइन्। सोही विद्यालयमा अध्ययनरत रही होस्टलमा बस्दै आएकी १२ वर्षीया बालिकालाई होस्टलको सञ्चालक पंचपुरी नगरपालिका – ५ का अर्यालले बलात्कारपछि फरार भएका थिए।

मध्यराति १२ बजेतिर पंचपुरी नगरपालिका –१ बाचकाँडा भन्ने स्थानमा लुकीछिपी बसेको अवस्थामा अर्याललाई नियन्त्रणमा लिएको थियो।

 

 

प्रतिक्रिया