छविविरुद्ध मुद्दा हालेकी अभिनेत्री पोखरेलले निर्माता खत्रीको घर बिगारिन्! यस्तो छ प्रकरण


काठमाडौं– निर्माता छविराज ओझाले यातना दिएको भनी प्रहरीमा उजुरी गरेकी अभिनेत्री शिल्पा पोखरेलले सम्बन्ध विच्छेददेखि सम्पत्ति रोक्कासम्मको मुद्दा हालेकी छन्।

हाल विकास रौनियारको परिवारसँग आश्रय लिएर बसेकी उनै पोखरेलले छवि ओझा प्रकरणका बेला दोस्रो बिहे भएको विषय नकारेकी थिइन्। तर, उनले ०६८ सालमा विकास बस्यालसँग सम्बन्ध विच्छेद गरेको प्रमाण जिल्ला अदालत काठमाडौंमा फेला परेको छ। उक्त मुद्दा ३९–०६८–०१८८२ नम्बरको रहेको बताइएको छ।

विवादै विवादमा घेरिएकी पोखरेलका यी प्रकरणसँगै नयाँ काण्डको खुलासा भएको छ। हाल पोखरेलले भोजपुरी फिल्मका कलाकार तथा निर्माता, नेपाली फिल्म प्रेम गीतको समेत निर्माण गरेका भारतीय मुलका सोनु खत्रीको पारिवारिक जीवन ध्वस्त बनाएको आरोप लागेको छ।

खत्रीकी पत्नी कोमलले पोखरेलले आफ्ना पतिलाई फँसाएको आरोप लगाउँदै एउटा भिडिओ जारी गरेकी छन्। उनले भिडिओमा रुँदै भनेकी छन्,‘शिल्पाले मेरा पतिलाई फँसाएर मेरा सन्तान र मसँगको प्रेमलाई खोसेकी छन्। उल्टै मानसिक तनाव दिएको भनी मुद्दा हाल्छु भन्छिन्। उनी त काठमाडौंमा बस्छिन् तर मेरो त मायाको संसार नै चुँडेकी छन्।’

खत्रीसँगको सम्बन्ध अघि निर्माता ओझाविरुद्ध मानाचामलसम्मको मुद्दा हालेकी उनले सबै सम्पत्ति रोक्का गरेकी छन्। उनले सम्पत्तीका लागि ओझासँग बिहे नगरेको प्रतिक्रिया दिएकी थिइन्। तर, अदालतमा भने ओझालाई आर्थिक रुपमा चल्नै नसक्ने गरी राखेको कानुन व्यावसायी गणेश केसीले बताएका छन्।

यस विषयमा पोखरेलले भने सार्वजनिक रुपमा कुनै प्रतिक्रिया दिएकी छैनन्।

प्रतिक्रिया