एमाले नेता महेश बस्नेतमाथि रातो मसी प्रहार गर्ने युवाहरू रिहा


काठमाडौं- नेकपा एमाले नेता महेश बस्नेतमाथि रातो मसी छ्यापेर विरोध प्रदर्शन गर्ने युवकहरूलाई प्रहरीले छाेडेको छ। आइतबार विराटनगर विमानस्थल हुँदै इटहरीमा आयोजित युवा जागरण अभियानमा सहभागी हुन गइरहेका बस्नेतमाथि एयरपोर्ट रोडमा सन्जोग गौतम र अर्पित कुँवरले रङ छ्यापेका थिए।

घटनालगत्तै जिल्ला प्रहरी कार्यालयको टोलीले दुवै जनालाई नियन्त्रणमा लिएको थियो। तर, प्रहरीले आइतबार साँझमै उनीहरूलाई रिहा गरेको जिल्ला प्रहरी कार्यालय मोरङकी डीएसपी कोपिला चुडालले जानकारी दिइन्।

 

प्रतिक्रिया