पूर्वराज्यमन्त्री राय जुवाखालबाट पक्राउ


काठमाडौं – चाडबाडको मौका पारेर उपत्यकालगायत देशका विभिन्न स्थानमा तास जुवा खेल्ने क्रम बढेको देखिएको छ । यसैबेला जुवाखालबाट पूर्व राज्यमन्त्री खोभारी राय पक्राउ परेका छन् ।

महानगरीय प्रहरी वृत्त स्वयम्भुको टोलीले रायसहित १० जनालाई जुवा खालबाट पक्राउ गरेको हो ।

जुवाखालबाट पक्राउ पर्नेमा रायसहित देवेन्द्र श्रेष्ठ, उत्तर कुमार लामा, विक्रम लामा, जितपुर लामा, सविन लामा, पर्वत भण्डारी, कान्छा तामाङ लगायत रहेको जनाइएको छ ।

२०६४ सालमा सर्लाही क्षेत्र नम्बर ५ बाट सांसद निर्वाचित भएका उनी २०७४ सालमा तत्कालीन नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।

प्रतिक्रिया