सशस्त्रको प्रवक्ताको जिम्मेवारी डिआईजी थापालाई


काठमाडौं — सशस्त्र प्रहरी बल, नेपालको सूचना अधिकारी तथा प्रवक्ताको जिम्मेवारी सशस्त्र प्रहरी नायव महानिरीक्षक (डिआईजी) मनिष थापालाई दिईएको छ ।

यसअघि सूचना अधिकारी तथा प्रवक्ता रहेका सशस्त्र प्रहरी नायव महानिरीक्षक कालिदास धौवजी ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा गएपछि सशस्त्र प्रहरी नायव महानिरीक्षक थापालार्ई आजबाट सो जिम्मेवारी दिइएको सशस्त्र प्रहरी बल प्रधान कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया