नीतु आत्मदाह प्रकरणः गायक बाबुल गिरी ३ लाख धराैटीमा रिहा


काठमाडौं – आत्मदाह गरेपछि दुरुत्साहन मुद्दामा पक्राउ परेका गायक बाबुल गिरी (धनबहादुर) धराैटीमा छुटेका छन् ।

गायिका नीतु पौडेलले आत्मदाह गरेपछि उपचारको क्रममा ज्यान गुमाएपछि प्रहरी परिसरमा पुगेका बाबुल ३ लाख धरौटीमा रिहा भएकाे जनाइएको छ । काठमाडौं जिल्ला अदालतले उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

केही समयदेखि प्रेममा रहेका उनीहरूबीच पछिल्लो समय केही असमझदारी बढेपछि नीतुले आत्मदाह गरेका हुनसक्ने जनाइएको छ ।

प्रेमिकाको चाहनालाई आफूले समयमै गम्भीरताका साथ नलिनु नै उनको आत्मदाहको कारण बनेको भन्दै अदालती बयानमा पनि बाबुलले पश्चाताप गरेको पनि जनाइएको छ । प्रतिवादीले गल्ती स्वीकार गरेको अवस्थामा अदालतले तत्कालका लागि धरौटी राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको काठमाडौं जिल्ला अदालत स्रोतले जनायो ।

नीतुले कात्तिक १ गते अनामनगरस्थित गिरीको स्टुडियोमा आफ्नै शरीरमा पेट्रोल छर्किएकी थिइन् । घटनापछि उपचारका क्रममा उनको कात्तिक ७ गते निधन भएको थियो । पौडेलको निधनपछि गायक गिरी आफैं जिल्ला प्रहरी परिसरमा उपस्थित भएका थिए ।

 

प्रतिक्रिया