४० हजार घुससहित विराटनगरबाट प्रहरी जवान पक्राउ


काठमाडौँ – सुनसरीस्थित इलाका प्रहरी कार्यालय सीतागञ्जमा कार्यरत् प्रहरी जवान ४० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्।

उजुरी मिलाइदिने भन्दै सेवाग्राहीसँग अतिरिक्त रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरी आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले जवान प्रहरी कासिन्दर यादवलाई बिहीबार पक्राउ गरेको होर्। सेवाग्राही संग ४० हजार घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो ।

अख्तियार कार्यालय इटहरीबाट खटिएको टोलीले यादवलाई विराटनगर महानगरपालिका(४ नोबेल मेडिकल कलेजको गेट नजिकबाट ४० हजार घुस लिइसकेको अवस्थामा पक्राउ गरेको आयोगले जनाएको छ।

जवान यादवमाथि थप अनुसन्धान भइरहेको आयोगले जनएको छ ।

 

प्रतिक्रिया