
प्रधानमन्त्रीले बोलाइन् सुरक्षा परिषद् बैठक
काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएकी छन् । बिहीबार दिउँसो साँढे २ बजे सुरक्षा परिषद्को सचिवालय सिंहदरबारमा बैठक बस्ने बताइएको छ ।
बाराको सिमरामा उत्पन्न भएको परिस्थितिबारे छलफल गर्न बैठक बोलाइएको बताइएको छ । यसअघि हिजो साँझ पनि गृह मन्त्रालयमा सुरक्षा परिषद्को बैठक बसेको थियो । बाराको सिमरा हिजोदेखि तनावग्रस्त छ ।



कागजपत्र |
