एनपीएलमा म्याच फिक्सिङकाे प्रयास, युवतीसहित दुईजना पक्राउ


काठमाडौं- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा सट्टाबाजी र ‘म्याच फिक्सिङ’को प्रयास गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतका २८ वर्षीय दिलप्रित सिंह (हरियाणा, पानीपत) र बर्दिया घर भई हाल भारत चण्डीगढ बस्ने २४ वर्षीया रेविका सिंह ठकुरी रहेका छन्।

प्रहरीको विशेष टोलीले मंगलबार  काठमाडौंको लाजिम्पाटबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो। प्रारम्भिक अनुसन्धानअनुसार दुवैले ह्वाट्सएप र इन्स्टाग्राममार्फत एनपीएल खेलाडीहरूसँग सम्पर्क राख्दै सट्टाबाजी र खेल परिणाममा प्रभाव पार्ने आर्थिक प्रलोभन दिने काम गरेको खुलेको छ।

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली पठाइएको छ।

प्रतिक्रिया