
दुर्गा प्रसाईँलाई म्याद थपका लागि लगियो
काठमाडौं – दुर्गा प्रसाईँलाई म्याद थपका लागि सरकारी वकिलको कार्यालय लगिएको छ । आन्दोलनको तयारीमा रहेका बेला प्रसाईं गएराति पक्राउ परेका थिए ।
उनले मंसिर ७ गतेबाट आन्दोलनको तयारी गरेका थिए । यसका लागि प्रसाईंले राष्ट्र, राष्ट्रियता, धर्म-संस्कृति र नागरिक बचाउ महाअभियानको ब्यानरमा राजनीतिक गतिविधि गर्दै आएका छन् ।
पक्राउबारे सञ्चारकर्मीले जिज्ञासा राख्दा उनले के विषयमा पक्राउ गरेको भन्ने आफूलाई थाहा नभएको बताएका छन् ।



कागजपत्र |
