स्कुटरलाई ठक्कर दिएर ११ लाखको सुन लुट्ने नख्खु कारागारका भगाैडासहित २ जना पक्राउ


ललितपुर – जावलाखेलस्थित चिडियाखाना नजिकै स्कुटरलाई ठक्कर दिई ११ लाखको सुन लुट्ने २ जना पक्राउ परेका छन् । बा.५२ प १३९२ नम्बरको स्कुटरमा सवार बागलुङको बुर्तिवाङकी भीमकुमारी सिर्पालीले चढेको स्कुटरलाई ठक्कर दिएर उनको गलाबाट सिक्रि लुट्नेको आरोपमा दुई जना पक्राउ परेका हुन् ।

असोज ५ मा भएको सो लुटमा संलग्न दुईजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी होबिन्द्र बोगटीले बताए ।

पक्राउ पर्नेमा काभ्रेको रोशी गाउँपालिका–७ घर भएर ललितपुरको ठैव बस्ने ३० वर्षीय गंगे बहादुर तामाङ र सिन्धुपाल्चोक घर भएका ३३ वर्षीय विनय तामाङ छन् । उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

आरोपी गंगे बहादुर तामाङ बा. ९३ प ३७६७ नम्बरको स्कुटरमा सवार थिए । लुटमा प्रयोग भएको सो स्कुटर प्रहरीले बरामद गरेको छ ।

सिन्धुपाल्चोकको बलेफी घर भएका विनय चाहिँ जेनजी प्रदर्शनमा नख्खु कारागारबाट भागेको भेटिएको छ ।

प्रतिक्रिया