गौरीफन्टा नाकाबाट ५२ तोला सुन र करिब एक किलो चाँदीसहित ४ नेपाली पक्राउ


कैलाली- कैलालीसँग जोडिएको गौरीफन्टा नाकाबाट ५२ तोला सुन र करिब एक किलो चाँदीसहित चार नेपालीलाई भारत प्रहरीले पक्राउ गरेको छ। प्रहरीले ६१६.९ ग्राम (५२.९० तोला) सुन र ७८०.८ ग्राम चाँदी बरामद गरेको जनाएको छ।
पक्राउ पर्नेमा २५ वर्षीय दीपक नरसिंह, ३७ वर्षीय भुवनसिंह चलाउने, ४७ वर्षीय जीवनकुमार थारु र ५६ वर्षीय खेमराज कुलपति देवकोटा रहेका छन्। उनीहरूको नेपाली ठेगाना भने सार्वजनिक गरिएको छैन।
भारतको महाराष्ट क्राइम ब्रान्चबाट खटिएको प्रहरी टोलीले बिओपी गौरीफन्टा चेकपोस्टमा तैनाथ प्रहरीको सहयोगमा उनीहरूलाई प’क्राउ गरेको हो।
उनीहरूलाई महाराष्ट्रबाट सुन र चाँदी चोरी गरेर ल्याएको आरोप लगाइएको छ। चारैजनालाई थप अनुसन्धानका लागि क्राइम ब्रान्च र गौरीफन्टा प्रहरीले भारतको खिरी जिल्लामा पठाएको बताइएको छ।

प्रतिक्रिया