
नवनियुक्त प्रदेश प्रमुख कर्णले लिए सपथ
काठमाडौं – मधेश प्रदेशका नवनियुक्त प्रदेश प्रमुख सुरेन्द्रलाल कर्णले सपथ लिएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार राष्ट्रपति भवन शीतल निवासमम आयोजित एक विशेष समारोहका बीच मधेश प्रदेशका नवनियुक्त प्रदेश प्रमुख कर्णलाई पद तथा गोपनियताको शपथ गराएका हुन् ।
निवर्तमान प्रदेश प्रमुख सुमित्रा भण्डारीलाई सरकारले पदमुक्त गरेसँगै कर्णलाई नियुक्त गरेको हो ।
यसअघि राष्ट्रपति पौडेलले नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिस अनुसार मधेस प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गरेका थिए ।
नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम भण्डारीलाई मङ्गलबारबाट लागु हुने गरी पदमुक्त गरिएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।
कानुनविपरित मुख्यमन्त्री नियुक्त गरेको भन्दै सरकारले सोमबार भण्डारीलाई पदमुक्त गर्न सिफारिस गरेको थियो ।



कागजपत्र |
