
उदयपुरबाट गाँजासहित ३ जना पक्राउ
उदयपुर – इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले सोमबार साँझको कटारी नगरपालिका–४ जहडीबाट प्रतिबन्धित लागूऔषध गाँजासहित ३ जना पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा ११ केजी ६६ ग्राम प्रतिबन्धित लागू औषध गाँजा सहित ३ जनालाई पक्राउ गरिएको हो ।
पक्राउ परेकामा कटारी–४ बस्ने अन्दाजी २० वर्षीय रञ्जित ठाकुर, कटारी–७ बस्ने ३९ वर्षीय अरजित तामाङ र कटारी–८ बस्ने ५० वर्षीय बिष्णु बहादुर तामाङ रहेका छन् ।
उनीहरूलाई थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय कटारी उदयपुरको हिरासतमा राखिएको छ ।



कागजपत्र |
