मुख्यमन्त्री कार्यालयमा कर्मचारीमाथि पनि कुटपिट


काठमाडाैं- मधेश प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्ति विवाद उग्र बन्दै जाँदा विरोधमा उत्रिएका असन्तुष्ट दलका नेता–कार्यकर्ताले सरकारी कर्मचारीमाथि समेत कुटपिट गरेका छन्। मुख्यमन्त्री कार्यकक्षमा तोडफोड सुरु भएको बेलामा एक पुरुष कर्मचारीले रेकर्ड फाइल सुरक्षित गर्न खोजेपछि भीडले उनीमाथि हातपात गरेको भिडियो सार्वजनिक भएको हो।

 भिडियोमा फाइल जोगाउन खोजिरहेका कर्मचारीमाथि समूहको भीड एकैपटक जाइलागेको देखिन्छ। भीडबाट लगातार टाउकोमा मुक्का प्रहार भएपछि फाइल भुइँमा खस्छ। त्यसपछि अर्का कर्मचारीले उनलाई भीडबाट निकालेर सुरक्षित स्थानतर्फ लैजाने प्रयास गरेको देखिन्छ।

मुख्यमन्त्री नियुक्तिको विषयमा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई प्रदेश प्रमुखले पद तथा गोपनीयताको शपथ दिलाएपछि असन्तुष्ट समूह उग्र बनेका छन्।

प्रतिक्रिया