
प्रहरीको हत्यामा संलग्न राई पेस्तोलसहित पक्राउ
काठमाडौं- गत भदौ २४ गतेको आन्दोलनका क्रममा प्रहरी वृत्त महाराजगञ्जमा आगजनी, लुटपाट तथा प्रहरीको हत्या गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंले खोजतलास गर्ने क्रममा भोजपुर दोभान गाउँपालिका–२ घर भई काठमाडौँ महानगरपालिका पवित्रनगर बस्ने ३६ वर्षीय इन्द्रबहादुर राईलाई शनिबार सामाखुसी चोकबाट नियन्त्रणमा लिएको हो।
प्रहरी उपरीक्षक एवं सूचना अधिकारी पवनकुमार भट्टराईका अनुसार, राईको कोठा खानतलासी गर्दा प्रहरीको टाइप–२४ पेस्तोल, म्यागेजिनमा ७ राउन्ड गोली र आन्दोलनका दिन लगाएको कपडा तथा जुत्ता बरामद गरिएको छ।
पक्राउ परेका राई उपर प्रहरी वृत्त महाराजगञ्जबाट ज्यानसम्बन्धी कसुरमा मुद्दा दर्ता भएको अभिलेखमा रहेको छ। उनलाई काठमाडौं जिल्ला अदालतबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरी परिसरले जनाएको छ।



कागजपत्र |
