अमेरिकाको टेक्सासमा गोली हानी फेरि नेपालीको हत्या, मनिष र समिराकै नियती


काठमाडौं– अमेरिकाको टेक्सासमा गोली प्रहार गरी फेरि नेपालीको हत्या गरिएको छ। मंगलबार राती टेक्ससको अस्टिनमा बस्ने कास्कीसराङकोटका रमेश थापाको हत्या गरिएको हो।

अस्टिन स्प्रिङ रोडस्थित कंकड अपार्टमेन्ट क्षेत्रमा मंगलबार राती १२ः३० बजेतिर गोली हानिएको थियो।

झन्डै ११ वर्षअघि मेक्सिको हुँदै थापा अमेरिका पुगेका थिए। तीनवर्षअघि भाइ लक्ष्मण पनि अमेरिका पुगेका थिए।

टेक्सासमा नेपालीको हत्या भएको यो पहिलो पटक होइन। उक्त क्षेत्रमा आपराधिक गिरोहले केही बर्ष अघि मनिष पाण्डेको हत्या गरेको थियो भने त्यसको दुई बर्ष अघि समिरा सिवाकोटीको पनि हत्या गरेको थियो।

प्रतिक्रिया