
सिंहदरबारबाट लुटिएको प्रिन्टर बागबजारकाे कन्सल्टेन्सीमा फेला
काठमाडाैं- जेनजी आन्दोलनका क्रममा सिंहदरबारबाट लुटिएको सामग्री काठमाडौंको बागबजारस्थित एक कन्सल्टेन्सीबाट फेला परेको छ। उक्त कन्सल्टेन्सीको नाम सरल शिक्षा एकेडेमी रहेको छ।
केही घण्टा अघि मात्र प्रहरीले एकेडेमीमा छापा मारेको थियो। छापामारीका क्रममा एउटा प्रिन्टर भेटिएर बरामद गरिएको प्रहरीले जनाएको छ। प्रिन्टरको मुचुल्का उठाई नियन्त्रणमा लिइएको हो।
प्रहरी वृत सिंहदरबारबाट खटिएको टोलीले छापा मारेको थियो। एकेडेमीकी सञ्चालक उषा भट्ट भएको खुले पनि प्रहरीले उनलाई भने पक्राउ गरेको छैन।
प्रहरीका अनुसार एकेडेमीका कर्मचारीहरूले प्रिन्टर बाहेकका अन्य केही सामग्री पनि सिंहदरबारबाट चोरी गरी ल्याएको आशंका छ। प्रहरीको उर्दी पुगेपछि ती सामग्री एकेडेमीले यसअघि नै प्रहरी कार्यालयमा बुझाएको बताइएको छ।
वृत्त प्रमुख डीएसपी जनार्दन घिमिरेका अनुसार एकेडेमीले यसअघि पनि एउटा प्रिन्टर फिर्ता गरेको थियो। अहिले पनि त्यस्तै सूचना आएपछि थप सामग्री बुझ्ने काम भइरहेको उनीहरूले जानकारी दिए।



कागजपत्र |
