
बालेनविरुद्ध उजुरी दिन साइबर ब्यूरो पुग्यो युवा संघ
काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध नेकपा एमाले निकट युवा संघले साइबर ब्यूरोमा पुगेकाे छ।
उनीहरूले मेयर शाहको सामाजिक सञ्जालमा केही दिनअघि सार्वजनिक गरिएको स्टाटसलाई लिएर उजुरी दिएका हुन्। उक्त स्टाटसलाई असभ्य र राजनीतिक दलहरूको मानमर्दन गर्ने ठहर गर्दै युवा संघले कारबाही माग गरेको छ।
साइबर ब्यूरोका एसपी दिपकराज अवस्थीका अनुसार, मेयर शाहविरुद्ध उजुरीको विषयबस्तुबारे प्रारम्भिक छलफल भइरहेको छ।
युवा संघले भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनका घटनासँग सम्बन्धित विषयलाई पनि उजुरीको आधार बनाएको बताइएको छ।



कागजपत्र |
