
नेपालको लगातार चौथो हार
काठमाडौं- आईसीसी लिग डिभिजन- २ को बुधबार भएको खेलमा नेपालले फेरि पराजय भोगेको छ।
यूएईमा भएको सिरिजमा नेपाल लगातार चौथो खेलमा अंकविहीन भएको हो । बुधबारको अन्तिम खेलमा नेपाललाई घरेलु टोलीले ४ विकेटले हराएको छ।
आइसीसी एकेडेमी ग्राउण्डमा भएको खेलमा नेपालले पहिले ब्याटिङ रोजेर दिएको २४० रनको चुनौतीलाई यूएईले ४९ ओभर १ बलमा ६ विकेटको क्षतिमा भेट्टायो ।
यो सिरिजमा नेपालले कुनै पनि खेलमा जित निकाल्न सकेन ।



कागजपत्र |
