बयानका लागि सिंहदरबारमा रवि


काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई बयानका लागि सिंहदरबार ल्याइएको छ। जेन-जी आन्दोलनका क्रममा २४ भदौमा नख्खु कारागारबाट बाहिर निस्किएको घटनामा बयान लिन उनलाई उच्चस्तरीय छानबिन आयोगले सिंहदरबार ल्याएको हो।

विभिन्न सहकारीको रकम हिनामिना प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछाने कारागारबाट बाहिरिएपछि देशभर अधिकांश कारागारबाट कैदीबन्दी भागेका थिए। लामिछानेले आफूलाई कारागार प्रशासनले नै बाहिर पठाएको भन्दै कागजात प्रस्तुत गरे पनि उक्त पत्रको आधिकारिकतामै प्रश्न उठेको थियो।

यसअघि आयोग प्रतिनिधिहरु कारागारमा पनि पुगेर वस्तुस्थितिको अवलोकन गर्नुका साथै लामिछानेसँग अनौपचारिक कुराकानी गरेका थिए । आयोगले कारागारका जेलरलाई पनि बोलाएर बयान लिइसकेको छ ।

प्रतिक्रिया