
भक्तपुरमा बालिका बलात्कारको आरोपमा युवक पक्राउ
काठमाडौं- भक्तपुरमा १३ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीका अनुसार पक्राउ पर्ने व्यक्ति सिन्धुलीको गोलन्जोर गाउँपालिका–२ का बासिन्दा हुन्। उनलाई प्रहरी वृत्त ठिमीबाट खटिएको टोलीले सोमबार दिउँसो नियन्त्रणमा लिएको हो।
घटनाबारे सूचना पाएलगत्तै प्रहरी घटनास्थल पुगेको र प्रारम्भिक अनुसन्धानपछि युवकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
उनमाथि बालिका बलात्कारसम्बन्धी कसुरमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीको भनाइ छ।



कागजपत्र |
