
एमालेसँग छलफलपछि बिप्लबकाे पार्टीभित्र विद्रोह
काठमाडौं- नेत्रविक्रम चन्द ‘बिप्लब’ नेतृत्वको कम्युनिष्ट पार्टी नेपाल फूटको संघारमा पुगेको छ। माओवादी केन्द्रसँग एकताको छलफल चलिरहेका बेला पार्टीभित्र गम्भीर असन्तुष्टि देखिँदा फूटको स्थिति उत्पन्न भएको हो।
पार्टीका केन्द्रीय सदस्य चिरन पुनको नेतृत्वमा ७५ जना केन्द्रीय सदस्यले बिप्लब समूहबाट अलग भई नेकपा (माओवादी केन्द्र)सँग एकता गर्ने तयारी गरेको एक नेताले जानकारी दिए।
अर्का एक केन्द्रीय सदस्यका अनुसार, महासचिव बिप्लबले एमालेसँग एकताको सम्भावनाबारे छलफल गरेपछि पार्टीभित्र विरोध चर्किएको र अन्ततः समूहगत रूपमा असन्तुष्ट पक्षले माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेको हो।



कागजपत्र |
