मनास्लुमा विदेशी पर्यटक पहिरोमा पुरिए


गोरखा- मनास्लु पदमार्गअन्तर्गत चुमनुव्री गाउँपालिका–३ न्याकफेदीमा एक विदेशी पर्यटक पहिरोमा परेकी छन्।

जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी राजकुमार श्रेष्ठका अनुसार, मनास्लु क्षेत्र घुम्न गएकी चेक रिपब्लिककी ५४ वर्षीया काटेरिना रसकोभालाई शुक्रबार बेलुकी पैदल यात्रा गर्दै गर्दा पहिरोले पुरेको हो। हाल उनको उद्धार कार्य जारी छ।

प्रतिकूल मौसमका कारण लार्के पास पार गर्न नसकेपछि उनी कात्तिक १२ गते समागाउँबाट फर्किएकी थिइन्। फर्किने क्रममा ढुंगामाटोसहितको पहिरोमा परेकी उनको उद्धारका लागि सिर्दिवासबाट प्रहरी टोली खटिएको डीएसपी श्रेष्ठले बताए।

उनका श्रीमान् भने सकुशल रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया