
अबको आन्दोलनमा ब्यूटिपार्लर जलाउन टिकटकमार्फत् आह्वान (भिडिओसहित)
काठमाडौं – एक युवतीले अब हुने आन्दोलनमा ब्यूटिपार्लर जलाउन आह्वान गरेकी छिन् । आफू पनि ब्यूटिपार्लर सञ्चालन गर्दै आएकी झापाकी एञ्जिला धमलाले भविष्यमा जेनजी आन्दोलन जस्तै कुनै आन्दोलन भएमा ९/१० वटा शाखा रहेको एक ब्यूटिपार्लर जलाउनका लागि सामाजिक सञ्जालमार्फत् आह्वान गरेकी हुन् ।
झापाको विर्तामोडमा सौन्दर्य व्यवसाय गर्दै आएकी धमलाले ब्युटीपार्लर र त्यसका सञ्चालकको नाम नतोकीकनै ९/१० वटा शाखा रहेको ब्यूटिपार्लरलाई भाटभटेनीजस्तै गरी जलाइदिनुपर्ने बताएकी छन् ।
टिकटकमा एक भिडिओ पोष्ट गर्दै उनले पुनः आन्दोलन भएमा सुरूमै उक्त ब्युटीपार्लर जलाउने कार्यमा सहभागी हुन ब्युटिसियनहरूलाई आह्वान गरेकी हुन् । उनले कुनै पनि ब्यूटिपार्लरको नाम नलिइकन आह्वान गरेको भन्दै यस किसिमको भिडियो स्वाभाविक भएको समेत बताइन् ।
समान प्रकृतिको व्यावसाय सञ्चालन गर्दै आएकी एक व्यवसायीले अर्को सोही प्रकृतिको व्यवसायलाई जलाउनुपर्ने बताउँदै सामाजिक सञ्जालमा पोष्ट गर्नुले उनी ईश्र्या र डाहले ग्रसीत भएको बुझ्न सकिन्छ ।
उनले ब्युटीपार्लर जलाउन आह्वान गर्नुले आपराधिक कार्यलाई प्रोत्साहन गरेकोले अनुसन्धान हुनुपर्ने कतिपय बताउँछन् । उनीविरुद्ध उनीविरुद्ध यसअघि पनि साइबर अपराधमा संलग्न रहेको आरोपमा उजुरी परिसकेको जनाइएको छ । उनले भाटभटेनी सुपरमार्केटको आगजनीलाई समर्थन गर्दै सामाजिक सञ्जालमार्फत् खुशी व्यक्त गर्नुमा उनी पनि आगजनीमा संलग्न रहेको हुनसक्ने देखिएको छ ।
स्मरणीय छ, जेनजी आन्दोलनका क्रममा विर्तामोडस्थित भाटभटेनीको आउटलेट पनि आगजनी गरेर पूर्ण रूपमा नष्ट गरिएको थियो । प्रहरीको अभिलेखअनुसार उनीविरुद्ध यसअघि पनि साइबर अपराधको कसुरमा साइबर ब्यूरोमा उजुरी परेको थियो । यसबाट उनी विगतदेखि नै गलत गतिविधिहरूमा कुनै न कुनै रूपले संलग्न रहँदै आएको पुष्टि हुन्छ ।
भिडिओः



कागजपत्र |
