गृहमन्त्री र चारवटै सुरक्षा निकायका प्रमुखसँग प्रधानमन्त्रीको छलफल


काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव रामेश्वर दंगाल र चारवटै सुरक्षा निकायका प्रमुखसँग छलफल गरेकी छन् ।

बैठकमा सुरक्षा प्रमुखहरूले वर्तमान अवस्थाबारे आ–आफ्नो विश्लेषण प्रस्तुत गरेका थिए । बैठकमा सम्भावित सुरक्षा चुनौतीका विषयमा पनि छलफल भएको थियो ।

बैठकपछि गृहमन्त्री ओमप्रकाश अर्यालले विभिन्न समूहले प्रदर्शनका लागि तयारी गरेको भन्ने जानकारी आएको बताए। ‘सुरक्षा अवस्थाबारे हामीले सूक्ष्म विश्लेषण गरेका छौँ। विभिन्न समूहले प्रदर्शनका लागि तयारी गरेको भन्ने कुराहरू आएका छन्। आफ्ना राजनीतिक मागहरू जिम्मेवार ढंगले राख्न सबै स्वतन्त्र छन्।’ उनले भने, राजनीतिक मुद्दाको सम्बोधनका लागि हामीले संवादको ढोका खुला राखेका छौँ। सम्बद्ध पक्षहरूसँग हामी वार्ता गर्छौँ। संवादबाटै समस्याको समाधान चाहन्छौँ।’

 

प्रतिक्रिया