
गायिका नितु पौडेलको उपचारका क्रममा मृत्यु
काठमाडौं- गायिका नितु पौडेलको मृत्यु भएको छ । शरीरमा पेट्रोल खन्याएर आगो लगाएकी उनलाई कीर्तिपुर बर्न अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार पौडेलको बिहान ८:२० बजे मृत्यु भएको पुष्टि गरिएको छ ।
गत शनिबार दिउँसो उनले संगीतकार तथा गायक बाबुल गिरीको कार्यालयमा गई आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाएकी थिइन् । घटनापछि गम्भीर अवस्थामा उनलाई तत्काल कीर्तिपुर बर्न अस्पताल लगिएको थियो ।



कागजपत्र |
