
जुवाखालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
दाङ – सल्यानमा वडाध्यक्षसहित १४ जना पक्राउ जुवाडे पक्राउ परेका छन् ।
शारदा नगरपालिका १ श्रीनगरस्थित लोकबहादुर बुढाथोकीको घरमा आज बिहान ५ बजे जुवातास खेलिरहेको अवस्थामा सोही वडाका वडाध्यक्ष प्रदीप पाण्डे सहित ६ जना जुवाडे पक्राउ परेका छन् ।
जिप्रका सल्यानका प्रमुख डिएसपी डा।हेमबहादुर केसीका अनुसार श्रीनगरका लोकबहादुर बुढाथोकी, महोमत मिया, राजु भण्डारी, सागर पाण्डे र दार्मा गाउँपालिका ६ का झपेन्द्र प्रकाश रोकाय पनि पक्राउ परेका छन् ।
उनीहरूको साथबाट १ लाख ७ हजार ६ सय २५ रुपैयाँ ११ गड्डी तास समेत बरामद गरिएको छ ।



कागजपत्र |
