
जेन-जी आन्दोलनमा प्रहरीमाथि आक्रमण गर्ने गौतम घिसिङ पक्राउ
काठमाडौं- जेन-जी प्रदर्शनका क्रममा काठमाडौंको तीनकुने क्षेत्रमा प्रहरीमाथि आक्रमण गर्ने र प्रहरीको बर्दी खोल्न लगाउने आरोपमा गौतम घिसिङलाई पक्राउ गरिएको छ।
जेन-जी आन्दोलनका घटनाहरूको अध्ययन गरिरहेको टोलीले आन्दोलनका क्रममा प्रहरीमाथि आक्रमण भएको भिडियो फूटेजको आधारमा उनलाई पक्राउ गरेको हो।
काठमाडौं प्रहरी परिसरका अनुसार, पक्राउ परेका घिसिङ हाल प्रहरी नियन्त्रणमा रहेका छन् र उनीमाथि थप अनुसन्धान जारी छ।
अधिकारिहरूले घटनासँग सम्बन्धित अन्य व्यक्तिहरू पहिचान गर्न र आवश्यक कानूनी कारबाही अघि बढाउन अनुसन्धानलाई तीव्र बनाएको बताएका छन्।



कागजपत्र |
