
हङकङ सिक्सेसका लागि नेपाली टोलीको घोषणा, शरद भेषावकर कप्तान
काठमाडौं- हङकङमा हुने हङकङ सिक्सेस प्रतियोगिताका लागि नेपाली टोलीको घोषणा भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले शरद भेषावकरको कप्तानीमा ७ सदस्यीय टोली तयार पारेको छ।
टोलीमा कप्तान शरद भेषावकरसहित सन्दीप जोरा, लोकेश बम, बसिर अहमद, आदिल आलम, रसिद खान र रुपेश सिंह रहेका छन्।
हङकङ सिक्सेस प्रतियोगिता नोभेम्बर ७ देखि ९ सम्म आयोजना हुँदैछ। यो प्रतियोगितामा नेपाल दोस्रो पटक सहभागिता जनाउन लागेको हो।
नेपालको टोलीले प्रतिस्पर्धामा उत्कृष्ट प्रदर्शन गर्दै अन्तर्राष्ट्रिय अनुभव बटुल्ने लक्ष्य राखेको बताइएको छ।




कागजपत्र |
