
लोकन्थलीबाट हतियारसहित एक जना पकाउ
भक्तपुर – भक्तपुर प्रहरीले हातहतियार खरखजना कसुरमा एक जनालाई पक्राउ गरेको छ ।
मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीको सुकुम्वासी बस्तीका ४० वर्षीय गोपाल विकलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसरका डीएसपी प्रकाश जवेगुले जानकारी दिए ।
पक्राउ परेका विकको साथबाट ५.५६ केएफ १३ लेखिएको लिभर राउन्ड सातथान बरामद गरिएको छ ।
पक्राउ परेका विकमाथि थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।



कागजपत्र |
