
आज चुनाव केन्द्रीत केन्द्रीय सुरक्षा समितिको बैठक
काठमाडौं – सरकारले आसन्न निर्वाचनलाई प्राथमिकतामा राख्दै एकीकृत सुरक्षा रणनीतिको निर्माणलाई तीव्रता दिएको छ ।
यसै सिलसिलामा शनिबार राष्ट्रपति रामचन्द्र पौडेलले सुरक्षा निकायका प्रमुखहरूसँग उच्चस्तरीय छलफल गरेका थिए भने (आज) आइतबारका लागि केन्द्रीय सुरक्षा समितिको बैठक बोलाइएको छ ।
राष्ट्रपति पौडेलको आह्वानमा शीतलनिवासमा भएको छलफलमा प्रधानमन्त्री सुशीला कार्की, मन्त्रिपरिषद्का सदस्यहरू तथा चारवटै सुरक्षा निकाय (नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभाग) का प्रमुखहरूको उपस्थिति थियो।
छलफलमा निर्वाचनका लागि अनुकूल राजनीतिक वातावरण निर्माण गर्नेदेखि मुलुकको समग्र सुरक्षा अवस्थालाई सुदृढ पार्ने उपायहरूबारे गहन विचार-विमर्श भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
यसैगरी, गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा आइतबार केन्द्रीय सुरक्षा समितिको बैठक बस्ने तयारी भएको छ।



कागजपत्र |
