
जेन–जी आन्दोलनका बेला भागेका कैदी बिहारमा समातिए
काठमाडाैं- जेन–जी आन्दोलनका बीच सुनसरीको झुम्का कारागारबाट फरार भएका दुई कैदी भारतमा मोटरसाइकल चोरीको आरोपमा पक्राउ परेका छन्।
भारतको बिहार राज्य, अररिया जिल्लाको फारबिसगञ्जस्थित बथनाहामा पिन्टु कुमार यादव र उमेश कुमार मेहता पक्राउ परेका हुन्। उनीहरूलाई सोमबार पक्राउ गरिएको जानकारी भारतीय प्रहरीले नेपाल प्रशासनलाई दिएको छ।
अररिया प्रहरीका अशिष्टेण्ट प्रमुख मुकेश कुमारलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरूले जनाएअनुसार, पक्राउ परेका दुबै जना सुनसरीको कप्तानगञ्जका बासिन्दा हुन्।
भारतीय प्रहरीले जनाएको अनुसार, उनीहरूले सुपौल जिल्लाको वीरपुरमा मोटरसाइकल चोरी गरेर फारबिसगञ्जतर्फ भाग्दै गर्दा नियन्त्रणमा लिइएका हुन्।
प्रारम्भिक सोधपुछमा दुबै जनाले नेपालमा जेन–जी आन्दोलनका क्रममा झुम्का कारागारमा भागदौड भएको बेला आफूहरू पनि भागेको बयान दिएका छन्।



कागजपत्र |
