
१२ वर्षीया बालिका बलात्कृत, एक युवक पक्राउ
बाँके- बाँकेको राप्तीसोनारी गाउँपालिकामा १२ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा एक युवक पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार, राप्तीसोनारी गाउँपालिका-२, मधुवाका २४ वर्षीय लक्ष्मण खत्रीलाई मंगलबार साँझ पक्राउ गरिएको हो।
पीडित पक्षले दिएको उजुरीका आधारमा प्रहरी चौकी कचनापुरबाट खटिएको टोलीले खत्रीलाई नियन्त्रणमा लिएको हो।
पक्राउ परेका खत्रीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



कागजपत्र |
