स्कुटर दुर्घटना हुँदा वृद्धको मृत्यु


काठमाडौं – रौतहटको देवाही गोनाही- ५ मा स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।

देवाही गोनाही– ३ का ६५ वर्षीय किशोर चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

मंगलबार साँझ देवाही गोनाही नगरपालिका- ५ स्थित जगत चोकबाट म‌लग चोक जाने भित्री सडकको पश्चिम तर्फ धानको खेतमा ना ३८ प १३८९ नङ्कोगबर स्कुटर अनियन्त्रित भई दुर्घटना भएको थियो।

चौधरीको मृत्यु घटनास्थलमै भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया