
सुन्धाराकाे होटलमा शिक्षक मृत भेटिए
काठमाडौं- काठमाडौं महानगरपालिका–११, सुन्धारामा एक शिक्षक मृत अवस्थामा फेला परेका छन्।
रुकुम पश्चिमको मुसिकोट नगरपालिका–५ टक्सेरा घर भएका ४६ वर्षीय सुरेश पुन मगर मंगलबार मृत भेटिएका हुन्। उनको शव पोस्टमार्टमको लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ।
पुन मगर रुकुम पश्चिमस्थित सिस्ने सनराइज बोर्डिङ स्कुलका प्रिन्सिपल थिए। उनी सुन्धारामा रहेको होटल रोयल थकालीमा करिब एक महिनादेखि बस्दै आएका थिए।
प्रहरी र अनुसन्धानमा संलग्न अन्य अधिकारीका अनुसार, घटनामा शङ्कास्पद पक्ष देखिएको छैन। मृतकको पोस्टमार्टम रिपोर्टपछि मात्रै मृत्युको कारण स्पष्ट हुने छ।



कागजपत्र |
