ड्युुटीमा रहेको प्रहरीमाथि अपशब्द बोल्दै ‘च्यालेन्ज’ दिने तामाङ पक्राउ


काठमाडौं – सडक सुरक्षामा खटिएका प्रहरी कर्मचारीलाई अभद्र व्यवहार गरेको आरोपमा एकजनालाई पक्राउ गरिएको छ ।

ड्युटीमा रहेको प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा पक्राउ पर्नेमा सिन्धुलीको घ्याङलेख गाउँपालिका–५ का ३६ वर्षीय नेवाङ तामाङ छन् ।

काठमाडौं महानगरपालिका–१०, बुद्धनगरबाट उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनी काठमाडौंको बबरमहलमा बस्दै आएका थिए ।

उनले सडकमा खटिएका प्रहरीलाई अपशब्दका साथ तथानाम बाेल्दै गरेको भिडियो सामाजिक सञ्जालमा ‘भाइरल’ भएको थियो ।

प्रतिक्रिया