
महेश बस्नेतमाथि साइबर मुद्दा, प्रहरीलाई अनुसन्धान गर्न भन्दै पत्र
काठमाडौं- नेकपा एमालेका नेता महेश बस्नेतमाथि विद्युतीय कारोबार ऐन अन्तर्गत कसुर मुद्दामा थप अनुसन्धान अघि बढाउन सरकारी वकिलको कार्यालयले प्रहरीलाई पत्राचार गरेको छ।
जिल्ला सरकारी वकिल उदयचन्द अधिकारीले सोमबार साइबर ब्युरोलाई पठाएको पत्रमा बस्नेतले आफ्नो फेसबुक वालमा प्रयोग गरेको “भालु” शब्दबारे प्रतिवादीलाई स्पष्टीकरण दिन लगाउन भनिएको छ।
यसअघि ३१ भदौमा साइबर ब्युरोले उक्त मुद्दा निरर्थक भन्दै तामेलीमा राख्ने सुझाव दिएको थियो। तर सरकारी वकिलले जाहेरीकरर्ता शोभा (जानुका) पाठकको उजुरीका आधारमा थप अनुसन्धान आवश्यक देखिएको भन्दै प्रहरीलाई अघि बढाउन निर्देशन दिएको हो।
पत्रमा बस्नेतले प्रयोग गरेको शब्द कसलाई लक्षित गरेर र कुन उद्देश्यले प्रयोग गरिएको भन्ने स्पष्ट पार्नुपर्ने उल्लेख छ।
यससँगै बस्नेतमाथि राजनीतिक तथा कानुनी विवाद फेरि चुलिने सम्भावना देखिएको छ।



कागजपत्र |
