सुनसरीमा ३४० किलो गाँजासहितको कार प्रहरीको नियन्त्रणमा


विराटनगर –  सुनसरीको बराहक्षेत्र नगरपालिका–५ बाट ३ सय ४० किलोग्राम गाँजा सहितको कार प्रहरीले नियन्त्रणमा लिएको छ ।
असोज १० गते राति करिब १:४० बजे इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको गस्ती टोलीले सडक किनारमा वेवासिसे अवस्थामा रहेको एक कारमा शंका गरी चेकजाँच गर्दा ठूलो परिमाणमा गाँजा फेला पारेको हो ।

प्रहरीका अनुसार उक्त कारभित्र प्लास्टिकमा पोको पारी राखिएको ३ सय ४० किलोग्राम गाँजा बरामद भएको हो । बरामद गाँजासहितको कार नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यस घटनामा संलग्न व्यक्तिहरुको पहिचान तथा खोजतलासका लागि थप अनुसन्धान जारी छ ।

प्रतिक्रिया