डा. बाबुराम भट्टराईले अध्यक्ष पदबाट दिए राजीनामा


काठमाडौं – नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले पदबाट राजीनामा दिएका छन्।

बुधवार काठमाडौंमा बसेको पार्टी केन्द्रीय समिति बैठकमा उनले राजीनामा पेश गरेका हुन्। त्यसै बैठकले केन्द्रीय समिति भंग गर्दै पार्टीलाई विशेष महाधिवेशनमा लैजाने निर्णय गरेको छ।

महाधिवेशनका तयारीका लागि आयोजक कमिटी गठन गर्ने निर्णय पनि बैठकले गरेको छ। वरिष्ठ उपाध्यक्ष दुर्गा सोबलाई उक्त आयोजक कमिटीको संयोजक बनाउने तयारी भएको सहभागी एक केन्द्रीय सदस्यले जानकारी दिएका छन्।

प्रतिक्रिया