
काठमाडौं उपत्यकामा भारी वर्षा, नदीहरूमा बाढी
काठमाडौं — काठमाडौँ उपत्यका र वरपरका क्षेत्रमा भारी वर्षापछि यहाँका नदीहरूमा बाढी आएको छ।
बुधवार दिउँसोदेखि सुरु भएको अविरल वर्षाले बागमती, धोविखोला, बल्खु खोला, विष्णुमती लगायतका नदीमा जलस्तर बढाएको छ। जल तथा मौसम विज्ञान विभागले आवश्यक सतर्कता अपनाउन स्थानीयहरूलाई आग्रह गरेको छ।
विभागका अनुसार वर्षा निरन्तर रहे जल सतह अझै पार हुने सम्भावना छ। जलवायु परिवर्तनका कारण पछिल्ला वर्षहरूमा असोज महिनामा अत्यधिक वर्षा हुने क्रम बढ्दै गएको छ।
गत वर्ष असोज ११ र १२ गते आएको बाढीले ठूलो जनधनको क्षति पुर्याएको थियो। यसै कारण यस्ता वर्षाप्रति उपत्यका र वरपरका समुदायले सावधानी अपनाउनुपर्ने चेतावनी दिइएको छ।



कागजपत्र |
