
हरिसिद्धी प्रहरी प्रभागबाट लुटिएको पेस्तोल र गोलीसहित युवक पक्राउ
ललितपुर- प्रहरी प्रभाग हरिसिद्धीबाट लुटिएको पेस्तोल र गोलीसहित एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–३ निवासी २४ वर्षीय दीपक राई रहेका छन्। उनलाई ललितपुरको ठैब क्षेत्रबाट जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले पक्राउ गरेको हो।
‘जेनजी’ आन्दोलनको क्रममा राईले प्रहरी कार्यालयमा लुटपाट गरेको आरोप छ। प्रहरीले उनको कोठाबाट २ थान पेस्तोल, २ थान म्याग्जिन र १३ राउण्ड गोली बरामद गरेको जनाएको छ।
राईविरुद्ध हातहतियार तथा खरखजना सम्बन्धी कसुरमा जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



कागजपत्र |
